FAQs Complain Problems

५ नं. वडा कार्यालय, मानेभन्ज्याङ

 


परीचय :

ओखलढुङ्गा जिल्ला मानेभन्ज्याङ गाउँपालिका भित्र जम्मा ९ वडाहरु छन् जसमध्ये ५ नं. वडा एक हो । यो वडा मानेभन्ज्याङ गाउँपालिकाको सदरमुकाम हो । भौगलिक पूर्वाधारको आधारमा यो वडा अन्य वडाको तुलनामा विकसित छ । जनगणना २०६८ को अनुसार वडाको जनसंख्या ३०७९ जना हो भने १७.१९ वर्ग किलो मिटर क्षेत्रफल रहेको छ । यसको पूर्वमा वडा नं. ३, पश्चिममा वडा नं. ४ र ९, उत्तरमा वडा नं. ४ र दक्षिणमा वडा नं. ६, ७ र ९ ले छोएको छ । पालिकाकै सबैभन्दा ठूलो बजार विहीबार लाग्दछ जसलाई विहीबार हटिया भनिन्छ । यस वडालाई सिद्धिचरण राजमार्गले छोएको छ भने बारुदखान, बिशल्जु राजाको दरबार, भोर्ले पोखरी, चमेरा गुफा, बाघ पाइले, मानेभन्ज्याङ हिटी नामले प्रख्यात छ । यहाँको मुख्य गाउँहरु उदयपुर, धिमिले, ओखरबोट, बालेथाम, बिजयटार, मानेभन्ज्याङ बजार, , भोर्ले, जेरुङ गाउँ, माथिल्लो रिचुवा, आदि हुन । राई, मगर, नेवार, क्षेत्री-बाहुन, विश्वकर्मा, परियार लगायत बजारमा मिश्रित जातिको बसोबास रहेको छ । महादेव स्थान सामुदायिक बन र उदयपुर सामूदायिक बन प्रमुख बनहरु हुन भने साना तिना अन्य बनहरु पनि रहेको छ । यहाँको मुख्य पेशा भनेको कृषि र वैदेशिक रोजगार रहेको छ । गाउँपालिकाको केन्द्रको वडा रहेकोले ३ वटा आवि र १ वटा मावि विद्यालयहरु सहित अधिकतम सरकारी कार्यालयहरु यसै वडा भित्र रहेको छ ।

  

जनसंख्या: गाउँपालिकाको  जम्मा घरधुरीः ४७८५
महिला जनसंख्याः १४६९
पुरूष जनसंख्याः १५४३
 
सम्पर्क नम्बर: ९८५२८४१३०५
 
समाबेश गाउँहरु: मानेभन्ज्याङ,उदयपुर,धिमिले,रिचुवा,बालेथाम,भोर्ले,ओखरबोट आदी ।
 
भाषा: राई,मगर,नेवारी,तामाङ,नेपाली
 

 

 

जन प्रतिनिधि

               

               राम कुमार राई 

     वडा अध्यक्ष                    ९८५२८४१३०५
 

दिपक राज पोखरेल 

९८४१२१२६३३           

  वडा सदस्य

कृष्ण कुमारी राई

९८६२१२१६४९

      वडा सदस्य

नन्द बहादुर मगर

९८६७५३२४७४

   वडा सदस्य

गोमा कुमारी विक

९८६२९५५९४०

     वडा सदस्य

पूर्व जन प्रतिनिधि

राम कुमार राई

९८५२८४१३०५

 वडा अध्यक्ष

 

 

वडा पदाधिकारी

     दुखी राउत

  ९७४१७७३७५०
      वडा सचिव

जुन कुमार राई

९८६२६०५९४७
Computer Operator

डिल्ली माया पुलामी

9842970437
कृषि प्राविधिक

राज कुमार थापा

९८५११९७८१२

वडा प्राविधिक

राम बहादुर श्रेष्ठ

९८४२८१२७३९
का.स.
 


Ward Contact Number: 
9852841305