FAQs Complain Problems

विवरण उपलब्ध गराइदिने बारे ।

विषय : विवरण उपलब्ध गराइदिने बारे ।
श्री वडा कार्यालयहरू सबै ।
मानेभञ्ज्याङ गाउँपालिका ।

प्रस्तुत विषयमा आ.व. २०७६/०७७ का लागि न्यूनतम रोजगारीमा संलग्न हुन स्थायी बसोबास भएका वडामा गत चैत, बैशाख महिनामा निवेदन दिएका बेरोजगार व्यक्तिको सूची र निवेदनउपर रोजगारीको हक सम्बन्धी ऐन, नियमावलीमा उल्लिखित आधारहरू बमोजिम छानविन गरी गाउँ कार्यपालिकाबाट आवश्यक निर्णय गरिदिन तथा आवेदन फारममा भर्नुपर्ने विवरणहरू पूर्ण रूपमा नभरी आवेदन सङ्कलन गरी पठाइएकोले आवश्यक विवरण सङ्कलनका लागि वडा कार्यालयलाई सर्कुलर गरिदिन रोजगार सेवा केन्द्रबाट अनुरोध भए बमोजिम कार्यपालिका बैठकबाट सो निर्णय गर्नका लागि सम्बन्धित वडा कार्यालयमा प्राप्त भएका निवेदन र सूचीउपर छानविन गरी छानविनबाट विवरण सही र गलत रहेका व्यक्तिहरूको अलग अलग सूची बनाई वडा अध्यक्षबाट अनिवार्य रूपमा प्रमाणित गरी मिति २०७६ कात्तिक ५ गतेभित्र गाउँ कार्यपालिकाको कार्यालयमा उपलब्ध गराइदिनु हुन अनुरोध छ । 
कार्यपालिकाबाट स्वीकृत भएको विवरण मात्र रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरी बजेट तथा कार्यक्रम तर्जुमा गरिने भएकाले सो मितिसम्म पूर्ण विवरण प्राप्त नभएका वडा कार्यालयका बेरोजगार व्यक्तिहरूलाई यस आ.व.मा सञ्चालन गरिने कार्यक्रममा संलग्न गर्न नसकिने व्यहोरा समेत अवगत गराइन्छ । 
विवरण उपलब्ध गराउने ढाँचा तथा आवश्यक अन्य विवरण यसै पत्रसाथ संलग्न गरिएको छ ।
 

आर्थिक वर्ष: