FAQs Complain Problems

मानेभञ्ज्याङ्ग गाउँपालिकाको पृष्ठभूमी

नेपाल एकात्मक तथा केन्द्रीकृत व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकको रुपमा रुपान्तरित भएको छ । संघीय व्यवस्था अनुसार नेपालमा संघ, सात प्रदेश र ७५३ स्थानीय तहको गठन भएको छ । जसमा प्रदेश नं. १ ओखलढुंगा जिल्लामा ८ स्थानीय तहको गठन भएको छ । ओखलढुंगा जिल्लामा एक नगरपालिका र सात गाउँपालिका मध्ये मानेभञ्ज्याङ्ग गाउँपालिका एक हो । यो गाउँपालिका १४६ दशमलव ६१ वर्ग किलोमिटर क्षेत्रफलमा पैmलिएको छ । यो गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङ्ग वडा नं. ५ मा रहेको छ । गाउँपालिकाको सिमाना पूर्वमा खोटाङ जिल्ला, पश्चिममा सुनकोशी गाउँपालिका, उत्तरमा सिद्दिचरण नगरपालिका र दक्षिणमा उदयपुर र खोटाङ जिल्ला रहेको छ भने गाउँपालिकाको कूल जनसंख्या २१ हजार ८२ जना रहेको छ । जसमध्ये महिलाको जनसंख्या ११ हजार ४ सय ७६ जना रहेको छ । कूल घरसंख्या ४ हजार ६ सय १८ रहेका छन् । आठ वटा साविकका गा.वि.स. मिलाएर बनेको गाउँपालिका वडा नं. १ मोली, वडा नं. २ वाक्सा, वडा नं. ३ उवुँ, वडा नं. ४ केतुके, वडा नं. ५ मानेभञ्ज्याङ्ग, वडा नं. ६ थाक्ले, वडा नं. ७ टोक्सेल, वडा नं. ८ राघवपुर र वडा नं. ९ माधवपुर रहेका छन् ।

       जिल्लाको नगरपालिकापछि विकासको दृष्टिकोणले हेर्दा यो गाउँपालिका अग्र देखिन्छ । हाल यहाँ २ उमावि र क्याम्पस, ८ स्वास्थ्य चौकी, १ कृषि सेवा केन्द्र, १ पशु सेवा केन्द्र, १ इलाका बन र रेन्ज पोष्ट, २५ किलोमिटर कालोपत्रे र १२४ किलोमिटर ग्राभेल रहेको छ । अन्य जिल्लाको अन्य गाउँपालिका भन्दा पूर्वाधार विकासमा विकसित देखिन्छ । यस गाउँपालिका भित्र राई, तामाङ्ग, मगर, क्षेत्री, बाहुन, नेवार, कामी, दमाई, सार्की, माझी, भुजेल लगायत जातजाति भाषा–भाषीको बसोबास रहेको छ ।

आर्थिक वर्ष: