FAQs Complain Problems

संक्षिप्त परिचय

प्राचीन समयमा मानेभन्ज्याङ क्षेत्रभन्दा दक्षिणतिर मानेखोप भन्ने ठाउँमा तामाङ जातिको बस्ती रहेको र तामाङहरूको मृतुसंस्कारअनुसार मृतशरीरलाई गाउँभन्दा माथि सत्गत गर्ने चलनअनुरूप यस क्षेत्रमा दाहसंस्कार गर्ने र पछि उक्त स्थानमा माने बनाएर छाडिने गरिन्थ्यो । तामाङहरूले निर्माण गरेको मानेबाट मानेभन्ज्याङको नामाकरण भएको हो । यसको प्रमाण मानेभन्ज्याङ आसपासका क्षेत्रमा चिहान र त्यसभित्र मानव अवशेषहरू भेटिएका र जीमालाहरू पनि भेटिएको भन्ने केही वृद्धवृद्धाको भनाइ रहेकाले उक्त कुराको पुष्टि हुन आउँछ । मानेभन्ज्याङ आफैंमा भन्ज्याङ रहेको र प्राचीन समयमा माथिल्लो भन्ज्याङमा कर्कलो प्रजातिको माने नाम गरेको झार पाइने हुनाले त्यसैका आधारमा मानेभन्ज्याङ रहन गएको हो भन्ने अर्को थरीका जानकारहरूको भनाइ रहेको छ ।अग्रजहरूको भनाइअनुसार मानेभन्ज्याङभन्दा वारिपारिको क्षेत्र उँबु, सिस्नेरी, काफलडाँडा आदि स्थानबाट हेर्दा मानेभन्ज्याङ मानो भरेजस्तो देखिने हुनाले मानेभन्ज्याङ नामाकरण भएको हो भन्ने भनाइ पनि रहेको पाइन्छ । (स्रोतःअनुशन्धानकर्ता-डा.गोपीकृष्ण गौतम)
संघीय व्यवस्था अनुसार नेपालमा संघ,सात प्रदेश र ७५३ वटा स्थानिय तहको गठन भएको छ। जसमा कोशी प्रदेश  ओखलढुङगा  जिल्लामा ८ स्थानिय तह छन । जिल्लामा १ नगरपालिका र सात गाउँपालिका मध्ये मानेभन्ज्याङ गाउँपालिका एक हो। समुन्द्री सहत देखि लगभग १५२० मि उचाईमा अवस्थित यो गाउँपालिका १४६ दशमलव ६१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस गाउँपालिकाको केन्द्र मानेभन्ज्याङ वडा नं. ५ मा रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा खोटाङ,पश्चिममा सुनकोशी गाउँपालिका ,उत्तरमा सिद्धिचरण नगरपालिका र दक्षिणमा उदयपुर जिल्ला रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार १९ हजार ५ सय सन्तानब्बे जना कुल जनसंख्याको ४७.९% पुरूष र ५२.१% महिला रहेको  पाईनछ। यस गाउँपालिकामा मुख्यतः राई,मगर,तामाङ,क्षेत्री,बाहुन,नेवार,भुजेल,माझी,कामी ,दमाई,सार्की आदि जातजाति भाषा-भाषीको बसोबास रहेको छ। ९ वटा वडामा बिभाजित यस गाउँपालिकामा  कुल ४ हजार ७ सय ८५ घरसंख्या रहेका छन्।

सम्पर्क

नाम थर सम्पर्क नम्बर
ज्ञानेन्द्र रूम्दाली(अध्यक्ष) 9852840400
आश्राचन राई(उपाध्यक्ष) 9852841312
वडा कार्यालय विवरण
वडा कार्यालय वडा अध्यक्ष सम्पर्क नम्बर
मोली,वडा नं १ राज कुमार रूम्दाली 9862628415
वाक्सा,वडा नं २ राम मणी राई 9851132461
उँबु,वडा नं ३ जितेन्द्र राई 9843348606
केतुके,वडा नं ४ विष्णु बहागुर तामाङ 9844639964
मानेभन्ज्याङ,वडा नं ५ राम कुमार राई 9851095995
थाक्ले,वडा नं ६ हेमराज राई 9842970374
सातसल्ले,वडा नं ७ विष्णु प्रसाद गौतम 9862917092
राघवपुर,वडा नं ८ भिम बहादुर बल्म्पाखि मगर 9851180759
माधवपुर,वडा नं ९ पूर्ण बहादुर मगर 9841485790

 

सुचना अधिकारी

बिपिन कार्की

मानेभन्ज्याङ गाँउपालिका

सम्पर्क नः९८५२८४४४०८

ईमेलःsuchanaadhikari07@gmail.com

 

प्रबक्ता

भिम बहादुर बलम्पाखि मगर

वडा अध्यक्ष वडा नं ८

9851180759