समाचार
१ नं. वडा कार्यालय, मोली
परीचय : ओखलढुङ्गा जिल्ला मानेभन्ज्याङ गाउँपालिकाको १ नं. वडा मोली गाउँपालिकाको उत्तर पुर्व तर्फ अवस्थित रहेको छ।भौगोलिक पुर्वधारको आधारमा यो वडा अन्य वडाहरू जस्तौ औसत छ ।राष्ट्रिय जनगणना अनुसार यस वडामा पुरूष ७८२ र महिला ८५८ गरि कुल संख्या १६४० रहेको छ।१६.८ वर्ग कि.मि. क्षेत्रफल रहेको यस वडाको उत्तरी र पूर्विय भूभागमा सिद्धिचरण नगरपालिका,पश्चिममा वाक्सा,र दक्षिणमा दुधकोशी नदी पर्दछ।दुधकोशी कोरिडोर र बलबहादुर राई ग्रामीण सडक समावेस भएको यस वडामा ऐतिहासिक तलुवागडि,तिनकन्या पञ्चावती,सिल्ढुक पार्क(डबली),महादेव गुफा(धोन्द्रो पुम),महाँकाल देवी,फ्रे-फ्रे झरना ईत्यादिले प्रख्यात छ।गहते डुडेवारी सामुदायिक वन,खाटा वन,जाउरो घुमाउने वा र झोर वन र झोर वन यहाँका प्रमुख प्राकृतिक सम्पदा हुन।यस वडाको मुख्य पेशा कृषि तथा बैदेशिक रोजगार रहेको छ। ५ वटा आ.बि र १ वटा मा.बि. सहित स्वास्थ्य र हुलाक कार्यालयहरू यस वडामा रहेका छन।
सुचना अधिकारी
प्रबक्ता
भिम बहादुर बलम्पाखि मगर
वडा अध्यक्ष वडा नं ८
9851180759